Section 15
मालपोत बाँकी भएको जग्गा रोक्का गर्न सकिने
  दफा १४ बमोजिमको फाँटवारीबाट देखिएको मालपोत बाँकी भएको जग्गावालाको जग्गा बाँकी मालपोत चुक्ति नबुझाएसम्म वा बाँकीमा लिलाम बिक्री नभएसम्म मालपोत कार्यालयले रोक्का राख्न सक्नेछ ।
तर, त्यसरी रोक्का रहेको जग्गामा साविक बमोजिम खेती गर्न पाउनेछ ।